Logo

मगर समुदायले उल्लासपूर्वक मनाए भूमे पर्व (फोटोफिचर)



काठमाडौं, १ असार । मगर समुदायले भूमे पर्व उल्लासपूर्वक मनाएका छन् । आज (शुक्रबार) मगर समुदायका युवा युवतीहरुले विभिन्न कार्यक्रम गरी भूमे पर्व मनाएका हुन् । भूमे पर्व मगर जातिको विशेष मौलिक पर्व हो ।

काठमाडौंको टुँडिखेलमा पनि भूमे पर्व मनाउन मगर समुदायको बाक्लो उपस्थिति रहेको छ । टुँडिखेलमा मगर समुदायका युवायुवतीहरु सांस्कृतिक भेषभुषामा सजिएर विभिन्न कार्यक्रम गरी भूमे मनाइरहेका छन् ।

यस पर्वलाई मगर समुदायले संस्कृतिको प्रवर्द्धन, सामाजिक सद्भाव, आपसी सहकार्य, सहमति र अनुभवको आदान–प्रदानमा विशेष महत्त्वका साथ लिने गरेका छन् । Photo By: Mukunda Kalikote/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्