Logo

समाजवादी मोर्चा घोषणामा आलटाल !



काठमाडौं, १ असार । नेकपा (एमाले) बाहेकका वामपन्थी शक्तिहरु समाजवादी मोर्चा घोषणा गएर एकीकृत रुपमा अगाडि बढ्ने तयारीमा छन् । नेकपा (माओवादी केन्द्र), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी र माधव नेपाल नेतृत्वको (एकीकृत समाजवादी) लगायतका दलहरुबीच समाजवादी मोर्चा घोषणा हुने तयारी रहेको छ । समाजवादी मोर्चा निर्माणका लागि माओवादीका नेताहरु विशेष चासोका साथ लागेका छ ।

आज (असार १ गते) समाजवादी मोर्चा घोषणा हुने भनिएपनि आन्तरिक तयारीका अभावमा आजलाई स्थगित भएको बताइएको छ । केही दिनभित्रै समाजवादी मोर्चा घोषणा हुने तयारी छ । यो सँगै सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संसद्मा समाजवादी मोर्चाको ५४ सिट हुनेछ ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्