काठमाडौं, १ असार । वैशाखमा मत पेटिका लुटे जस्तै अहिले चार यारहरूले बजेट लुटेको जनमत पार्टीका अध्यक्ष सिके राउतको आरोप छ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष राउतले वैशाखमा मत पेटिका लुटे जस्तै अहिले चार यारहरूले बजेट लुटेको आरोप लगाएका छन्।
उनले भने, ‘जसरी बैंक लुट्दा चार यारहरुले लुटेर लग्छन्। त्यसरी बजेटलाई चार यारहरुले लुटेर गएका जस्ता देखिन्छन्। बाटोमा लाँदै गर्दा कतै खुद्रा पैसाहरु खस्दै गएको देखिन्छ।’
यस्तै, उनले वैशाखमा बारामा मत पेटिका लुटेको आरोपसमेत लगाएका छन्।