Logo

बालेनलाई क्यानको स्पष्टीकरणः जवाफ चित्त नबुझे हुनसक्छ यस्तो सजाय



काठमाडौं, १ असार । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहलाई नेपाल नागरिक उड्डयन प्रधिकरणले स्पष्टीकरण सोधेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्व जानकारी र सूचनाविना नै फेन्सिङ तार काटेको विषयमा प्राधिकरणले बालेनसहित तीन जनालाई स्पष्टीकरण सोधेको हो ।

गत हिजो (बिहीबार) महानगरले नगर प्रहरीसहितको टोली पठाएर विमानस्थल आसपासका श्रेत्रमा फेन्सिङ तार काटेको थियो । क्यानले बालेनलाई ‘तपाईंलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम सजाय किन नगर्ने हो ?’ भनी स्पष्टीकरण सोधेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा बालेनको जवाफ चित्त नबुझे क्यानले पचास हजार रुपैयाँसम्म जारिवाना गर्नसक्छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) मा भनिएको छ, ‘कसैले दफा ७ बमोजिम प्राधिकरणले नियमित वा निषेध गरेको काम कुराहरू प्राधिकरणको पूर्व स्वीकृति विना गरेमा वा प्राधिकरणले स्वीकृति दिंदा कुनै शर्त तोकिदिएकोमा त्यस्तो शर्त विपरित हुने गरी कुनै काम गरेमा त्यस्तो व्यक्तिलाई प्राधिकरणले पचास हजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।’



प्रतिक्रिया दिनुहोस्