Logo

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सरकारले ल्यायो बजेट



काठमाडौं, १ असार । प्रदेश सरकार अन्तर्गत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशले आज बजेट ल्याएको छ।

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०८०/०८१को लागि आज प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्।

शुक्रबार प्रस्तुत बजेटमा लुम्बिनीले ४० अर्ब ४७ करोड बढीको बजेट ल्याएको हो। प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गरेका हुन्।

यस्तै, गण्डकी सरकारले ३१ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ।

प्रदेशसभामा सरकारका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले ३१ अर्ब ४२ करोड ७२ लाख रूपैयाँको बजेट पेस गरेका हुन्।

कुल बजेटमध्ये चालुखर्च १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात ३८.०१ र पुँजीगततर्फ २० अर्ब १९ करोड पाँच लाख ६२ हजार अर्थात ६०.०४ प्रतिशत बजेट विनियोजन गरिएको छ।

त्यस्तै, कर्णाली प्रदेश सरकारले पनि ३३ अर्ब ३७ करोड बढीको बजेट ल्याएको छ।

प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री वेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट पेश गरेका हुन्।

कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात २६.९७ प्रतिशत विनियोजन गरिएको छ।



प्रतिक्रिया दिनुहोस्