काठमाडौं, १ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनलाई पूर्पक्षका लागि कारागार पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।
पक्राउ परेका पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, शमशेर मियाँ, केशव दुलाल‚सानु भण्डारी, टेकनाथ रिजालसहित १६ जनालाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।
यस्तै, लक्ष्मी महर्जन र टंक गुरुङलाई धरौटीमा रिहा गर्ने आदेश दिइएको छ।
महर्जनलाई ५ लाख र गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश दिइएको हो।
सो प्रकरणमा प्रतिवादी बनाइएका ३० जनामध्ये १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो।
लामो समयदेखि भएको थुनछेक बहसपछि १६ जनालाई पूर्पक्षका लागि कारागार पठाउने र २ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको हो।