Logo

यो सरकार जति लामो समय चल्छ त्यति देशको अधोगति हुन्छ : सचिव बिष्ट



काठमाडौं, २ असार । नेकपा (एमाले)का सचिव गोकर्ण बिष्टले वर्तमान सरकार लामो समय चले देशको अधोगति हुने दाबी गरेका छन्।

शनिबार पोखरमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव बिष्टले वर्तमान सरकार लामो समय चले देशको अधोगति हुने दाबी गरेका हुन्।

उनले भने, ‘यो सरकार आफ्नै खुट्टामा उभिएको छैन। यो सरकारको नीति, कार्यक्रम, बजेट, कार्यशैली र यसले जनतालाई दिइरहेको सेवालाई हेर्ने हो भने यो सरकार लामो समय चल्नै हुँदैन। यो सरकार जति लामो समय चल्छ। त्यतिनै देशको अधोगति हुन्छ, त्यतिनै देशको प्रगति रोकिन्छ। त्यसकारण यो सरकार लामो समय चल्नै हुँदैन।’



प्रतिक्रिया दिनुहोस्