Logo

मैले जीवनभर झुटो बोलेकै छैनः केपी ओली



काठमाडौं, २ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले राजनीतिक जीवनमा कहिले पनि झुटो नबोलेको दाबी गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो राजनीतिको ५८ वर्षे अवधिमा कहिले पनि झुठो नबोलेको बताएका हुन् ।

‘मैले २२ सालबाट राजनीति सूरु गरेँ । मेरो जीवनभरी, ५८ सालभरी मैले गरेको कुरा कुनै झुटो र झुटमा आधारित कुरा मैले बोलेको छैन ।’ उनले भने, ‘म हरेक कुराको जवाफ दिन सक्छु । हामीले कुनै पार्टीमाथि गलत आरोप लगाएको छैन । हामीमाथि उहाँहरुले झुटा आरोप लगाउनु हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्