Logo

गैरआवासीय नेपाली संघको विवाद टुङ्गियो (सहमतिसहित)



काठमाडौं, ३ असार । विभाजित रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच सहमति भएको छ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा विभाजित भएर दुई भएका एनआरएनएबीच एकता गर्ने सहमति भएको छ।

आज सम्पन्न दुई पक्षीय वार्तामा एकतासम्बन्धी ४ बुँदे सहमतिपत्रमा दुवै एनआरएनएका अध्यक्षहरूको हस्ताक्षर गरेका छन्।

१०औं महाधिवेशनमा दुई पक्षीय विवाद हुँदा एनआरएनए विभाजित भएर दुई वटा भएको थियो।



प्रतिक्रिया दिनुहोस्