Logo

‘अखण्ड भारत’को नक्साबारे रातदिन धारणा सोधिराख्नु आवश्यक छैन : परराष्ट्रमन्त्री साउद



काठमाडौं, ५ असार । परराष्ट्रमन्त्री एनपी साउदले भारतले जारी गरेको ‘अखण्ड भारत’को नक्साबारे रातदिन धारणा केहो भन्दै सोधिराख्नु आवश्यक नरहेको बताएका छन्।

मङ्गलबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै मन्त्री साउदले भारतले जारी गरेको ‘अखण्ड भारत’को नक्साबारे रातदिन धारणा केहो भन्दै सोधिराख्नु आवश्यक नरहेको बताएका हु‍न्।

उनले भने,‘हामीले हमेसा विवाद बनाइराख्नु र नेपालको अफिसियल पोजिसन भएका मान्छेलाई रातदिन नक्साका बारेमा धारणा के हो भनेर सोधिराख्नु आवश्यक छैन। संविधान संशोधन गरेर संसदले पास गरेको छ। संविधानको अनुसूची ३ मा नेपालको निसान छाप अध्यावधिक गरिएकोले सरकार र जनताको प्रतिबद्धता स्पष्ट छ। अखण्ड भारतको नक्सा म्युरलमा सम्राट अशोकको समयमा सामराज्यको फैलावट जनाइएको भनी नक्सामा लेखिएको र राजनीतिक विषय नभएको भनी भारत सरकारका तर्फबाट आधिकारिक धारणा भारतका विदेशमन्त्रीबाट आएको समितिलाई जानकारी गराउँछु।’



प्रतिक्रिया दिनुहोस्