Logo

रातो किताबमा प्रदेशका नाम तत्काल सच्याउन सभामुखको निर्देशन



काठमाडौं, ५ असार । संघीय सरकारले ल्याएको वार्षिक कार्यक्रम पुस्तिका(रातो किताब)मा त्रृटी भएका प्रदेशका नाम सच्याउन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन्।

मङ्गलबार प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले उक्त निर्देशन दिएका हुन्।

‘हामी विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयगत छलफलमा छौं। सम्बन्धित मन्त्रालयहरूबाट वार्षिकरूपमा सम्पादन हुने कार्यक्रम समावेश पुस्तिकामा उल्लेखित केही विषयहरु, खासगरी प्रदेशसभाबाट पारित प्रदेशको नाम उल्लेख हुनुपर्नेमा सो नभएको विषयमा ध्यानाकर्षण सहित सच्याउनका लागि यसअघि निर्देशन भइसकेको छ,’ उनले भने, ‘त्यस्ता कुनै त्रुटिहरू भएका भए तत्काल सच्याउन पुनः निर्देशन गर्दछु।’



प्रतिक्रिया दिनुहोस्