Logo

एमाले सांसदको टिप्पणी, ‘बजेटले प्रदेश नै चिनेन’



काठमाडौं, ५ जेठ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले अहिलेको सरकारले ल्याएको बजेटले प्रदेश नै नचिनेको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटमा प्रस्तुत भएका शीर्षक र कार्यक्रमले प्रदेश नै नचिनेको उनले बताएका हुन् ।

‘सहरी विकास मन्त्रालय, माननीय मन्त्री यहाँ हुनुहुन्छ । उहाँको नजरबाट गुज्रेर नै यो पुस्तक आयो होला भन्ने मलाई लाग्दथ्यो । प्रदेशको नाम त छ तर त्यसभित्र प्रस्तुत गरिएको शीर्षक, कार्यक्रम र यी तमाम विषयमा प्रदेश नै चिनिँएन । तसर्थ यस्ता विषयलाई हामीले सामान्यीकृत गरेर हुँदैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्