Logo

सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री सिंहको शवलाई श्रद्धाञ्जलीका लागि धनगढीमा राखियो, मुख्यमन्त्री र प्रदेश सभामुखसहितका नेताद्धारा श्रद्धाञ्जली



काठमाडौं, ६ असार । दुर्घटनामा परेर निधन भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई आज(बुधबार) श्रद्धाञ्जलीका लागि धनगढीमा राखिएको छ।

मन्त्री सिंहलाई प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, सभामुख भीमबहादुर भण्डारी, प्रदेश सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका नेताहरू, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरूले श्रद्धाञ्जलीका दिएका छन् ।

जेठ ६ गते मात्र सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त भएका सिंह मन्त्री नियुक्त भएको ३०औं दिनमा पहिलो पटक गृह जल्ला बझाङ जाने क्रममा सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो । दुर्घटनामा परि उनीसहित उनकी श्रीमती र भाउजुको मृत्यु भएको थियो।

श्रद्धान्जलीपछि अन्यष्टिका लागि उनको शरीरलाई गृहजिल्ला बझाङ लगिने भएको छ।



प्रतिक्रिया दिनुहोस्