काठमाडौं,६ असार । प्रतिनिधि सभाको बुधबारको बैठकमा पनि सांसदहरुले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबारको बैठकको शून्य समयमा बोल्दै जनमत पार्टीका सांसद अब्दुल खानले संविधान जारी भएको तीन वर्ष भित्रमा बनिसक्नुपर्ने आवश्यक कानून निर्माण नहुँदा आदिवासी जनजाती,मधेसी,मुस्लीम थारु लगायतका जातीहरुले मौलिक हकको प्रत्याभूती गर्नबाट बञ्चित भएको तर्फ सरकारको ध्यानाकर्षण गराए ।
सांसद अम्बरबहादुर थापाले मंगलबार सडक दुर्घटनामा निधन भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहप्रति श्रदाञ्जली व्यक्त गर्दै दैलेल सुर्खेत सडकको स्तरोन्ती गर्न माग गरेका छन् । उनले दैलेख काठमाडौं र ललितपुर पछिको सबैभन्दा धेरै सांस्कृतिक विभिधता भएको जिल्ला भएको स्मरण गराउँदै दैलेखलाई हेर्ने राजनीतिक दृष्टिकोण परिवर्तन गर्न माग गरे ।
सांसद अम्बरबहादुर रायमाझीले देशैभरी व्याप्त रुपमा देखिएको लम्पिस्कीन रोगको महामारी नियन्त्रण गर्न माग गरे ।
स्वतन्त्र सांसद् डा अमरेशकुमार सिंहले नागरिकता विधेयक जारी गर्न माग गर्दै माइतीघरमा आन्दोलनरत समूहप्रति प्रहरीले गरेको धरपकडको विरोध गरेका छन् । सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा एकै दिनमा अदालतले सुनुवाई सकेर फैसला गराएको उल्लेख गर्दै नागरिकता विधेयक प्रमाणीकरणविरुद्धमा परेको रिटमाथि चाँडै सुनुवाई हुनुपर्ने धारणा राखे ।
सांसद अमृतलात राजवंशीले चिया श्रमिकहरुले २०७९ साउन १ गतेबाट नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद अमृतादेवी अग्रहरीले सीता र गौतम वुद्ध नेपालको पहिचान भएको उल्लेख गर्दै भगवान वुद्ध र माता सीताप्रति कसैलाई पनि भ्रममा नर्पान आग्रह गरिन् ।
सांसद अर्जुननरसिंह केसीले गुठी र विर्ता जग्गामा देखिएको समस्या हल गर्न सरकारसँग माग गरे ।
सांसद् अरुणकुमार चौधरीले मंगलबार सडक दुर्घटनामा निधन भएका सुदूरपश्चिमप्रदेश सरकारका कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधनप्रति श्रदाञ्जली व्यक्त गरे ।
सांसद अशोककुमार चौधरीले दुग्ध विकास वोर्ड खारेज गर्ने सरकारको निर्णयप्रति विरोध गर्दै उक्त निर्णय फिर्ता लिन माग गरे ।
सांसद आष्माकुमारी चौधरीले कृषि खेतिप्रणालीको सूधार गर्नुपर्ने धारणा व्यक्त गरिन् । उनले वास्तविक किशानको पहिचान गरी आवश्यक अनुदान र मल बीउको व्यवस्था गर्न माग गरिन् ।
सांसद इश्वरबहादुर रिजालले दोलखाको च्छोरोल्पा तालको वरिपरी टेलिफोन टावरको व्यवस्था नभएको भन्दै ताल वरपरका क्षेत्रमा टेलिफोन टावरको व्यवस्था गर्न माग गरेका छन् । उनले राल्वालिङ क्षेत्रलाई निषेधित क्षेत्रको रुपमा गरेको घोषणा फिर्ता लिन पनि माग गरे ।
सांसद इश्वरी घर्तीले रोलपाको रुनटीगढी क्षेत्रलाई धार्मीक रुपमा विकास गर्न एकीकृत रुपमा गुरुयोजना निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गर्न माग गरिन् ।
सांसद इश्वरीदेवी न्यौपानेले नागरिकता नपाएको कारण धेरै नागरिकले दुख पाएको भन्दै तत्काल नागरिकता पाउने व्यवस्था गर्न माग गरिन् । उनले नागरिकतामा राजनीति नर्गन सबै राजनीतिक दलहरुलाई आग्रहसमेत गरिन् ।
सांसद् उर्मीला थेवेले मनसुनजन्य विपदको घटनामा परी वेपत्ता भएका नागरिकको तत्काल खोजी गर्न माग गर्दै क्षति पुगेका नागरिकलाई उचित राहातको व्यवस्था गर्न माग गरिन् ।
सांसद एकनाथ ढकालले गोरखा जिल्लाले ऐतिहासिक धार्मीक र सांस्कृतिक रुपमा महत्वपूर्ण इतिहास बोकेको स्मरण गराउँदै मनकामना मन्दिर र गोरखकाली मन्दिर लगायतका पुरातात्वीक महत्वका सम्पदालाई ध्यान दिँदै समष्टिगतरुपमा गोरखाको विकास गर्न माग गरे ।
सांसद ऐनबहादर शाही ठकुरीले रोजगारिको अवसर नपाएर हजारौं नेपाली नागरिकले देशमै रोजगार गर्नै उदेश्यले जग्गा भाडामा लिएर तरकारी खेति गरेको भन्दै नेपाली किशानले उत्पादन गरेका तरकारीको उचित बजारको व्यवस्था गर्न माग गरे ।
सांसद् कालुराम राईले पूर्णरुपमा दृष्टि अपाङ्गता भएका व्यक्तिलाई पहिलो नम्बरको अपाङ्गमा राखेर रातो कार्ड दिने अघिल्लो सरकारको निर्णय तत्काल कार्यान्वयन गर्न माग गरे ।
सांसद् किरणकुमार शाहले सिमानका नागरिकले सिमा पारीबाट २-४ सयको सामान ल्याउँदासमेत प्रहरीले दुख दिएको भन्दै त्यस्तो कार्य रोक्न माग गरे । उनले २-४ सयको आयात रोक्दैमा अर्थतन्त्र सूधार नहुने स्मरण गराउँदै ठुला आयातकर्ता पोस्ने काम नर्गन माग गर्दै उल्टो गणित नपढाउन आग्रह गरे ।
सांसद गणेश पराजुलीले विपदका घटनाप्रति सरकारको भूमिका चित्तबुझदो नभएको भन्दै सरकारको ध्यानकर्षण् गराए । उनले विपद जोखिम न्यूनिकरणतर्फ सरकार गम्भरि बन्न नसकेको टिप्पणी गरे ।
सांसद् गोमालाभ सापकोटाले प्रहरी कार्यालयमा महिला प्रहरी सेलको दरबन्दी बढाउन माग गरिन् ।
सांसद गंगा कार्कीले दोलखाका सरकारी कार्यालय अन्यन्त्र सार्ने क्रम अझै नरोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले दोलखा जिल्लामा आवश्यक कर्मचारीको तत्काल व्यवस्था गरी पठाउनसमेत माग गरे ।
सांसद चन्दा कार्की भण्डारीले बारम्बार नेपाली संस्कृतिमाथि आक्रमण भइरहेको भन्दै उनले छिमेकी देशको अत्याचारविरुद्ध सरकार मुकदर्शक बनेको आरोप लगाइन् । उनले छिमेकी देशले कपिलवस्तु भारतको भएको,बुद्ध भारतमा जन्मिएका,सीता माता भारतीय छोरी हुन् भन्ने लगायतका गलत हर्कत गर्दा सरकारले कूटनीतिक नोट पठाउन आलटाल गरेको प्रति गम्भीर आपत्ति जनाइन् । उनले कपिल्बस्तु नेपालमा पर्छ,भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । माता सीता नेपालकी छोरी हुन् । नेपाल आजसम्म कोही कसैको अधिनमा थिएन् भन्न सरकारलाई कस्ले राक्यो भन्दै प्रश्न गरिन् ।
सांसद चन्द्रबहादुर बिश्वकर्माले संविधान र कानूनले वर्जीत गरेको जातीय विभेदको घटनामा राज्य र राज्यका निकायले नै पालना नगरेको भन्दै यस्तो कार्य राक्न माग गरे ।
सांसद् छिरिङ लामा भोटेले लम्पिस्कीन रोगको नियन्त्रण गर्न सरकारसँग माग गरे । उनले हिमाली जिल्लामा खाद्य्य संकट सुरु भएको कारण खाद्य्य संकट न्यूनिकरण गर्न आवश्यक बजेट व्यवस्था गर्न माग गरे ।
सांसद ज्वाला कुमारी शाहले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको निधनप्रति श्रदाञ्जली व्यक्त गरिन् ।
सांसद जुलीकुमारी महतो महासेठले महामारीको रुपमा देखापरेको लम्पीस्कीन रोगको संक्रमण नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गरिन् ।