काठमाडौं,६ असार भारतमा जारी १४औं साफ च्याम्पियनसिप अन्तर्गतको आफ्नो पहिलो खेलमा बलियो टोली कुवेतसँग प्रतिस्पर्धा गरिरहेको नेपालले पहिलो गोल फर्काएको छ ।
कुवेतविरुद्ध ३-०ले पछि परेको अवस्थामा खेलको ६७औं मिनेटमा नेपालका अन्जन विष्टले गोल गर्दै खेललाई ३-१ को अवस्थामा ल्याएका छन् ।
कुवेतका कप्तान खलिद हजियाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका हुन् ।
नेपालविरुद्ध कुवेतले खेलको २३,४१ र ६४औं मिनेटमा गोल गर्दै ३-१को अवस्थामा पु¥याएको छ ।
नेपाल भन्दा निक्कै बलियो मानिएको कुवेतसँग हालसम्म नेपालले ९ पटक भिडिसकेको छ भने एकपटक गोलरहित बराबरी गर्नु बाहेक अन्य सबै खेलमा नेपालले पराजय बेर्होर्दै आएको छ ।
आज बलियो टोली कुवेतलाई हराउँदै इतिहास रच्ने नेपालको रणनीति रहेको छ ।