Logo

संशोधन नभई बजेट पास हुँदैनः उपेन्द्र यादव



काठमाडौं, ७ असार । जनता समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले सरकारले गठबन्धनमा रहेका दलहरुबीच छलफल नै नगरी एकलौटी ढंगले बजेट ल्याएको आरोप लगाएका छन् । आज (बिहीबार) पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले बजेट यथास्थितिमा पास हुन नसक्ने बताए ।

‘अहिलेको बजेटमा एकलौटी ढंगले गठबन्धनमा रहेका दलहरुसँग छmलफल नै नगरी यो बजेट ल्याइएको छ । बजेटले मधेश लगायत धेरै क्षेत्रलाई उपेक्षा गरेको छ । त्यसकारण यसलाई सच्याउनु पर्छ, सुधार गर्न पर्छ भनेर हामीले भनेका छौं । यथास्थितिमा यो बजेट पास हुन कठिन छ,’– उनले भने ।

बजेटमा न्यायोचित वितरण नभएको र यसले चालु रहेका योजनासमेतलाई असर पुर्याएको उनको भनाई छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत बजेट संशोधनका लागि सहमत भइसकेको उनले बताए ।

‘यो बजेटमा न्यायोचित वितरण भएन र देशमा चालु रहेका योजनाहरु समेतलाई अवरोध हुने गरी ल्याइएको छ । प्रधानमन्त्रीजीले पनि यसलाई सच्याउने भन्नु भएको हुनाले सच्चिएर अगाडि बढ्छ,’– उनले भने । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्