काठमाडौं,७ असार । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा बलियो टिम वेष्ट इण्डिजसँग प्रतिस्पर्धा गर्न लागेको नेपालले पहिले बलिङ गर्ने भएको छ ।
जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेका छन् ।
वेष्ट इन्डिजले केहिबेरमा ब्याटिङ गर्दैछ । आजको खेलमा नेपाल टिममा अमेरिकाविरुद्ध खेलेको टिममा परिवर्तन गरिएको छैन ।
प्रतियोगिताको समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा ३ असारमा घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको थियो ।
५ असारमा देखिएको दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।
आज नेपालको टिममा आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।