Logo

वेष्ट इण्डिजविरुद्ध नेपाललाई पहिलो सफलता



काठमाडौं,७ असार । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा बलियो टिम वेष्ट इण्डिजसँग प्रतिस्पर्धा गरिरहेको नेपालले पहिलो सफलता प्राप्त गरेको छ ।

जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा जारी खेलमा वेष्ट इण्डिजले खेलको १. ३ओभरमा पहिलो विकेट गुमाएको हो । पहिलो विकेटको रुपमा वेष्ट इण्डिजले क्याले मेर्यसलाई गुमाएको हो । उनलाई नेपालका ओपनर ब्याटस्म्यान कूशल भूर्तेलको बलबाट करण केसीले आउट गराएका हुन् ।

ताजा अवस्थामा वेष्ट इण्डिज २ ओभरको खेल समाप्त हुँदा१ विकेटको क्षतिमा २ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्