काठमाडौं,७ असार । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । बिहीबार सेयर बजार परिसूचांक नेप्सेमा ४.७५अंकको वृद्धि भएको छ ।
आज नेप्से ४.७५अंकले वृद्धि हुँदै २०५५.५३ बिन्दुमा रोकिएको छ । आज ८० लाख कित्ता भन्दा धेरै सेयर कूल ३ अर्ब ४४ करोड ४८ लाख भन्दा धेरैमा कारोबार भएको छ ।
१४७ कम्पनीको मूल्यमा गिरावट आएको दिन आज ७४ कम्पनीको मूल्यमा भने उल्लेख्य मात्रामा वृद्धि भएको छ त्यस्तै ४ कम्पनीको मूल्यमा कुनैपनि उतरचढाप आएन् ।