Logo

वेष्ट इण्डिजविरुद्ध संघर्षशील नेपाललाई ऐरीले दिलाए राहात



काठमाडौं,७ असार । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा बलियो टिम वेष्ट इण्डिजसँग प्रतिस्पर्धा गरिरहेको नेपालले कमजोर बलिङ गर्दा विसाल योगफल तयार गर्दै ब्याटिङ गरिरहेको वेष्ट इण्डिजलाई चौथो झट्का लागेको छ ।

जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा जारी खेलमा वेष्ट इण्डिजले कुनै समय ५३ रन बनाउँदा ३ विकेट गुमाएको थियो तर उसका लागी कप्तान साई होप र निकोलस पुरनले उत्कृष्क कमब्याक गर्दा खेलमा फर्किएको वेष्ट इण्डिजलाई चौथो झट्का लागेको छ ।

उत्कृष्ट प्रदर्शन गर्दै ११५ रन बनाएर खेलिरहेका निकोलश पुरनलाई दीपेन्द्रसिंह ऐरीले आउट गरेका हुन् ।

ताजा अवस्थामा वेष्ट इण्डिज ४५ ओभरको खेल समाप्त हुँदा ४ विकेटको क्षतिमा २७६ रन बनाएर खेलिरहेको छ ।

नेपालको लागि करण केसी,गुल्सन झा, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक एक विकेट लिएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्