Logo

वेष्ट इण्डिजविरुद्ध नेपाललाई तेस्रो झट्का, कुशल र भीमपछि आसिफ पनि आउट



काठमाडौं,७ असार । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा बलियो टिम वेष्ट इण्डिजविरुद्ध जितका लागि ३४० रनको बिशाल लक्ष्य पाएको नेपाललाई तेस्रो झट्का लागेको छ ।

३४० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको नेपालले १.४ओभरमा पहिलो विकेटको रुपमा ओपनर कुशल भूर्तेललाई गुमाएको थियो । ५ रन बनाएर खेलिरहेका भूर्तेललाई वेष्ट इण्डिजका अल्जरी जोसेपले आउट गराएका हुन् ।

त्यस्तै २ रन बनाएर खेलिरहेका भीम सार्की ४.२ ओभरमा पनि आउट भएका थिए ।
उनलाई जासोन होल्डरले आउट गराएका हुन् ।

भने भर्खरै ११.६ ओभरमा आसिफ शेखपनि आउट भएका छन् २८ रन बनाएर खेलिरहेका उनलाई किमो पाउलले आउट गराएका हुन् ।

ताजा अवस्थामा नेपाल १३ ओभरको खेल चलिरहँदा ३ विकेटको क्षतिमा ५५ रन बनाएर खेलिरहेको छ । file photo



प्रतिक्रिया दिनुहोस्