काठमाडौं, ८ असार । राप्रपाका प्रवक्ता एवं सासद ज्ञानेन्द्र शाहीलाई दक्षिण अस्ट्रेलियाको उपल्लो सदनमा स्वागत गरिएको छ।
अष्ट्रेलिया भ्रमणको दौरान दक्षिण अष्ट्रलियामा रहेका शाहीलाई शुक्रबार त्यहाँका पूर्वसभामुखले उपल्लो सदनमा स्वागत गरेका हुन्।
दक्षिण अस्ट्रेलियाका पूर्वसभामुखले सदनको अवलोकन गराउँदै शाहीलाई स्वागत गर्न पाउँदा आफू उत्साहित भएको बताए।
सदनमा अस्ट्रेलियाका लेबर पार्टीका सांसदहरूसँग सांसद शाहीले कुराकानी गरेका थिए।