काठमाडौं, ८ असार । आइसीसी विश्वकप छनोट अन्तर्गत नेपालले अन्तिम खेल भोलि(शनिबार) नेदरल्यान्डसँग खेल्दैछ।
भोलिको खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएमा नेपाल विश्वकप छनोटको सुपर सिक्समा पर्नेबाट बञ्चित हुने सम्भावना छ। तर, नेदरल्यान्डसँगको खेल नेपालले जित्यो भने नेपालको सम्भावना जिउँदै रहन्छ। तर, नेदरल्यान्डको बाँकी खेलमा नेपालले भर पर्नुपर्ने हुन्छ।
नेपालले आफ्ना ४ खेल मध्ये तीन खेल खेल्दा एक खेलमा मात्रै जित हात पार्दै २ खेल हारि सकेको छ। यस्तै, नेदरल्यान्डले ४ खेलमा २ खेल खेल्दा १ मा जित र १ खेलमा हार ब्यहोर्दै २ खेल अझै खेल्न बाँकी रहेको छ।
नेदरल्यान्डको खेल भोलि नेपाल र सोमबार वेस्टेन्डिजसँग रहेको छ।
३ खेलमा १ खेल जितको नेपालसँग २ अंक रहँदा २ खेलमा १ खेल जितेको नेदरल्यान्डकोपनि समान २ अंक रहेको छ। रन रेटमा भने नेदरल्यान्डभन्दा नेपाल तलै रहेको छ।
यदि, नेदरल्यान्डले भोलि नेपाल र सोमबार वेस्टेन्डिजसँग हार्यो भने नेपाल सुपर सिक्समा प्रवेशको बाटो प्रस्टैसँग खुल्नेछ।
२ समूहमा ५/५ टिममा विभाजित गरेको तालिकामा शीर्ष ३ मा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन्।
नेपाल सम्मेलित समूह ‘ए’ बाट वेस्टेन्डिज र जिम्बाबे सुपर सिक्समा प्रवेश गर्ने निश्चित हुँदा अमेरिकाभने लगभग बाहिरि सकेको छ।
अमेरिकाले खेलेका तीन खेलमा तीनै खेलमा हारका साथ अंकतालिकाको पुच्छरमा रहेको छ।
यदि, नेपालले भोलिको खेल नेदरल्यान्डसँग जित्यो र नेदरल्यान्डले वेस्टेन्डिजलाई हरायोभने पनि केही सम्भावना बाँकी हुनेछ तर, नेपालले नेट रनरेटको भर पर्नुपर्ने हुन्छ।
नेपालको नेटरनरेट नेदरल्यान्डको भन्दा कम छ। यसका लागि भोलिको खेलमा नेपालले निक्कै राम्रो रनरेटका साथ नेदरल्यान्डलाई हराउनुपर्ने हुन्छ।
समूह ‘ए’ बाट तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्समध्ये एक टोली सुपर सिक्समा स्थान बनाउने छन्।
यस्तो छ नेपाल भर्सेस नेदरल्यान्डको हेड टु हेड :
नेपाल र नेदरल्यान्डबीच भएको पछिल्ला दुई खेलहरूमा दुईटै टोलीले समान १/१ खेल जितेको छ।
सन् २०१८ को अगस्ट १ मा नेदरल्यान्डसँग नेपाल ५५ रनले पराजित भएको थियो।
नेदरल्यान्डले दिएको १८९ रनको लक्ष्य नेपालले ४१.५ ओभरमा अलआउट हुँदै १३४ रनमै चित्त बुझाउनु परेको थियो।
यस्तै, सोही अगस्ट ३ मा भएको खेलमा नेपालसँग नेदरल्यान्ड १ रनले पराजित भएको थियो।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४८.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २१६ रन जोडेको थियो।
जवाफी ब्याटिङमा उत्रेको नेदरल्यान्डले ४९.६ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २१५ रन जोडेको थियो।
सोही खेलबाट वर्तमान नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एकदिवसीयमा डेब्यु गरेका थिए।