काठमाडौं, ८ असार । त्रिविका उपप्राध्यापक प्रेम चलाउनेले अनशन तोडेका छन्।
केही दिनदेखि अनशनरत रहेका चलाउनेले शुक्रबार एक महिलाको हातबाट दही खाएर अनशन तोडेका हुन्।
नेविसंघका केही कार्यकर्ताहरूले आफूमाथि कुटपिट गरेको र सोही विषयमा सरकारले मुद्धा फिर्ता लिएको भन्दै उनले अनशन बसेका थिए।
तर, बिहीबार सर्वोच्च अदालतले चलाउनेमाथि आक्रमण गर्ने विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको भन्दै उनले अनशन स्थगित गरेको बताएका छन्।