काठमाडौं, ८ असार । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही सांसदहरूको नाम थाहा नपाएपछि अलमलमा परेका थिए।
शुक्रबार सांसदको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले दुई जना सांसदको नाम थाहा नपाएपछि अलमलमा परेका हुन्।
प्रधानमन्त्री प्रचण्डलाई प्रश्नकर्ता एवं कांग्रेसकी सांसद अन्जनी श्रेष्ठ र अम्बिका बस्नेतको नाम थाँहा नपाएपछि प्रचण्डले सभामुख देवराज घिमिरेको सहयोग मागेका थिए।
प्रचण्डले माननीय सदस्यको नाम थाँहा पाउनुपर्यो भन्दै सभामुख घिमिरेतर्फ हेर्दै सहयोग मागेपछि सभामुखले ती सांसदको नाम प्रचण्डलाई बताएका थिए।