काठमाडौं, ८ असार । नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारलाई एमालेले छुदा ढल्ने दाबी गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकपछि संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सचेतक बर्तौलाले वर्तमान सरकारलाई एमालेले छुदा ढल्ने दाबी गरेका हुन्।
उनले भने, ‘अन्तरविरोध, असमझदारी र सत्ता गठबन्धन दलका बीचमा अविश्वासले आक्रान्त भएर पूरै मक्किएको अवस्था छ। थिङथिलो भएर मक्किएको सरकारलाई एमालेले सामन्य रुपमा छुँदा पनि ढल्ने अवस्था छ। तर, एमालेले त्यो गर्दैन। सरकारको नेतृत्व पुष्पकमल दाहालले प्रधानमन्त्री हुनुहुन्छ। सबै गठबन्धनको नेतृत्व गरिराख्नुभएको छ।’