Logo

पत्रकार सापकोटमाथि अभद्र व्यवहारः अक्सिडेन्टल स्कूलका विष्ट पनि संलग्न



काठमाडौं । पत्रकार सुनिल सापकोटामाथि अभद्र व्यवहार गर्नेमा अक्सिडेन्टल पब्लिक स्कूल प्रशासक दिपक विष्ट पनि संलग्न रहेको पाइएको छ । गत ६ गते सरकारी जग्गा हडपेको विषयमा पत्रकार सापकोटामाथि हरिप्रसाद गिरीलगायतले अभद्र व्यवहार र संगठित हमला गरेका थिए । अनामनगरस्थित समाजिक विकास चोकमा उक्त घटना भएको थियो । त्यसपछि गिरी, बिष्टसहित ३,४ जना आफूलाई पछ्‌याउँदै आएको पत्रकार सापकोटाको भनाई छ ।

बाजेको सेकुवाबाट प्रहरीलाई प्राप्त सीसीटीभी फुटेजमा पछ्‌याउँदै आउनेमा अक्सिडेन्टलका विष्ट पनि देखिएको उनले जानकारी दिए । गिरीले जस्तै अक्सिडेन्टल स्कूलले पनि सरकारी जग्गा हडपेको थियो । सापकोटाले पटक–पटक समाचार लेखेपछि अक्सिडेन्टलले हडपेको जग्गामाथि डोजर लागिसकेको छ । अक्सिडेन्टलका सञ्चालकले हालसाबिक गरेको धोबीखोलाको ८ आना जग्गा पुनः सरकारकै नाममा फिर्ता आएको छ । उक्त विषयलाई लिएर धोबीखोलाको ४ आना सरकारी जग्गा हडप्ने गिरीलाई विष्टले पनि पत्रकारमाथि अभद्र व्यवहार र पछ्‌याउँदै जान साथ दिएको खुलेको हो । उनी गिरीको मतियार बनेर गएको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्