Logo

सवारी दुर्घटनामा निधन भएका चापाकोटका पूर्वमेयरका परिवारले दिए चालकविरुद्ध जाहेरी



काठमाडौं,१० असार । नेपाली कांग्रेसका तर्फबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्याङ्जाको चापाकोट नगरपालिकाको मेयरमा निर्वाचित भएर गत असार २ गते सवारी दुर्घटनामा ज्यान गुमाएका शिवकुमार गिरीका परिवारले उनका चालकविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।

मृतक गिरीका परिवारले उक्त घटना दुर्घटना नभएर हत्या भएको भन्दै चालक सुरज नेपालीविरुद्ध प्रहरीमा उजुरी दिएका हुन् ।

गत असार २ गते स्याङजाको पुतली बजार नगरपालिका १० बर्जामा राङ खोलाबाट स्याङ्जा बजार तर्फ आउँदै गरेको बा १५ च १७०९ नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा स्कारपियोमा सवार चापाकोट नगरपालिका पूर्व मेयर ६० वर्षीय गिरीको निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्