Logo

‘सुलभ फामेर्सी’ सञ्चालन गर्न काठमाडौं महानगरले गर्‍यो ६ करोड विनियोजन



काठमाडौं,१० असार । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका नगरवासीहरुलाई सूलभ मूल्यमा औंषधी उपलब्ध गराउनको लागि‘सुलभ फामेर्सी’सेवा सञ्चालनमा ल्याउने भएको छ ।

महानगरपालिकाको १३औं नगर अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०-८१ को लागि विनियोजित बजेट सार्वजनिक गर्दै उपप्रमुख सुनिता डंगोलले उक्त सेवा सञ्चालनमा ल्याउने घोषणा गरेकी छन् ।

महानगरले आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममा उल्लेख गरेको उक्त सेवा सञ्चालनमा ल्याउन डंगोलले रु ६ करोड रकम विनियोजन गरेको जानकारी गराएकी छन् ।



प्रतिक्रिया दिनुहोस्