Logo

भरतपुर महानगरले गर्‍यो ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्न ४ करोड विनियोजन



काठमाडौं,१० असार । चितवनको भरतपुर महानगरपालिकाले महानगरपालिका भित्रका बालबालिका,जेष्ठ नागरिक तथा लक्षित महिला समूहहरुका लागि विशेष स्वास्थ्य कार्यक्रम अन्तर्गत ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाको १३औं नगर अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०८१ को लागि विनियोजित बजेट सार्वजनिक गर्दै उपप्रमुख चित्रसेन अधिकारीले उक्त कार्यक्रम सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।

महानगरले आगामी आर्थिक वर्ष २०८०८१ मा उक्त कार्यक्रम सञ्चालन गर्नका लागि रु ४ करोड रकम विनियोजन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्