Logo

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन कोशी प्रदेशको अधिवेशन आव्हान



काठमाडौं,११ असार । अल्पमतमा रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभाको तेस्रो अधिवेशन आव्हान भएको छ । असार १४ गते दिउँसो १ बजेको लागि प्रदेश प्रमुख पर्शूराम खापुङले प्रदेशसभाको अधिवेशन आव्हान गरेका हुन् ।

गत जेठ १७ गते प्रदेश सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि संबैधानिक रुपमा संकटमा परेका मुख्यमन्त्री कार्कीले यही असार १४ गते विशेष अधिवेशन बोलाएर विश्वासको मत लिन लागेका हुन् ।

संविधान अनुसार सत्ता साझेदार कुनै पनि दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्रमा प्रदेशसभाबाट पुनः विश्सासको मत लिनुपर्ने हुन्छ । ऐनको सोही व्यवस्था बमोजिम यही असार १४ गतेका लागि विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई शिफारिस गरेकोमा प्रदेश प्रमुखले अधिवेशनको आव्हान गरेका हुन् ।

कोशी सरकारमा सहभागी भएको माओवादी केन्द्रले पनि गत जेठ ३० गते समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि हाल प्रदेश सरकारमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसदको समर्थन पाएका कार्कीलाई आफ्नो सरकार टिकाउन एक सांसदको आवश्यक्ता पर्दछ ।

कार्कीलाई आफ्नो सरकार टिकाउन एक सांसद आवश्यक पर्छ । अल्पमतमा परेको हिक्मत कार्की नेतृत्वको सरकार अन्य दलहरूलाई फकाउने र बहुमत पुर्‍याउने तयारीमा एमाले लागेको छ । तर, अहिलेसम्म यो तयारी परिपक्क नभएको एमाले नेताहरू बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्