Logo

सदनमा पर्यटनमन्त्री किरातीले किन मागे क्षमा ?



काठमाडौं, ११ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रतिनिधिसभाको बैठकमा क्षमा मागेका छन्।

उनले सोमबारको प्रतिनिधिसभा बैठकमार्फत सरकारले आगामी वर्षका लागि ल्याएको बजेट असन्तुलित भएको भन्दै क्षमा मागेका हुन्।

उनले भने, ‘सदाझैँ यसपालि मन्त्रालयको सिलिङ बजेटको व्यवस्था भएन। हाम्रो मन्त्रालयमा जिरो थियो सिलिङ बजेट। पुरातत्व विभाग र पर्यटन विभागमाथि हामी भर पर्नु पर्‍यो। धरै योजना अटाउनै सकिएन। सबैको चित्त प्रशन्न बनाउनै सकिएन। बाटो छोडेर, छलेर हिँड्नुपर्ने स्थिति छ। स्वभाविक रुपमा बजेट असन्तुलित भएको छ। त्यसका लागि सदनमा म क्षमाप्रार्थी छु।’



प्रतिक्रिया दिनुहोस्