Logo

बदमासीमा एमाले कहिले पनि मुछिँदैन : सचेतक बर्तौला



काठमाडौं, ११ असार । नेकपा (एमाले)का सचेतक महेश बर्तौलालेले बदमासीमा कहिले पनि नमुछिने दाबी गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सचेतक बर्तौलाले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणजस्ता विषयमा एमाले कहिले पनि नमुछिने दाबी गरेका हुन्।

उनले भने, ‘एमाले यस्तो बदमासीमा कहिले पनि मुछिँदैन। अख्तियार कहाँ गएर के खोजी गर्छ, त्यो उसको विषय हो। नेकपा एमालेका नेता जोडिएका केही घटना, काण्डहरु छन्, भने त्यस्ता घटनाहरुमा छानबिन होस्। हामी हाम्रा कोही पनि नेताहरूलाई गलत काम गरेको भए बचाउन लाग्दैनौँ। कुनै गलत काम हामीबाट भएको छैन।’



प्रतिक्रिया दिनुहोस्