काठमाडौं, १२ असार । नागरिकता प्रमाणपत्र प्राप्त गर्ने कार्यलाई व्यवस्थित् बनाउन मधेश प्रदेस सरकारले प्रदेशका सबै जिल्लाभरीका स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको छ।
प्रदेशका कार्यवाहक मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज एक विज्ञप्ती जारी गर्दै नागरिकता प्रमाणपत्र प्राप्त गर्ने कार्यलाई व्यवस्थित् बनाउन प्रदेश सरकार मातहतका स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको हो।