Logo

एमालेले आजपनि बागमती प्रदेशसभाको बैठक अवरोध गर्ने



काठमाडौं,१३ असार । नेकपा एमालेले आजपनि बागमती प्रदेश सभाको बैठकमा अवरोध गर्ने भएको छ ।

सरकारले ल्याएको नयाँ आर्थिक वर्षको बजेटमा विभेदकारी नीति अवलम्बन गरेको भन्दै प्रतिपक्षी दल एमाले र राप्रपाले हिजो पनि बैठक अवरुद्ध गरेका थिए ।

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफलका लागि मंगलबार अपराह्न ४ बजे बसेको प्रदेशसभाको बैठकमा विपक्षी दलहरुको अवरोधका कारण ६ बजेसम्मका लागि स्थगित गरिएको थियो भने ६ बजेका लागि आह्वान गरिएको बैठक संचालन हुने अवस्था नरहेपछि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्