Logo

नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै हुन्छ भन्ने भाष्य चिर्न सफल भयौं : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं,१३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा सरकार बन्नु अघि नेपालको अर्थतन्त्र जर्जर अवस्थामा रहेको उल्लेख गर्दै दाहालले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै धराशायी हुन्छ भन्ने भाष्य चिरेर अगाडि बढ्न आफु सफल भएको दाबी गरेका छन् ।

उनले भने,‘सदनले मलाई सरकारको नेतृत्व दिँदैगर्दा देशमा गम्भिर आर्थिक संकटको स्थिती र एउटा भाष्य बनेको थियो। नेपालको नियति श्रीलंकाको जस्तै हुने भयो। यो भाष्य बौद्धिक वर्गमा मात्रै सीमित थिएन। आम नागरिकसम्म पनि पुगेको थियो। श्रीलंकाको तस्बिरले आम नागरिकलाई त्रसित बनाएको थियो। तर, हामीले त्यस्तो हुन दिएनौं। अर्थतन्त्र जागिसकेको छ। यो राष्ट्रकै उपलब्धि हो।



प्रतिक्रिया दिनुहोस्