Logo

कित्ताकाट रोकिएको बेलामा भू- माफियाले सयौं विघा जमिन किनबेच गरेको सांसद दाहालको आरोप



काठमाडौं, १३ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले जग्गाको कित्ताकाट रोकिएको समयमा पनि भू- माफियाहरुले सयौं विघा प्लटिङ जमिन कित्ताकाट गरी किनबेच गरेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले सरकारले जमिनको वैज्ञानिक वर्गीकरणका लागि कित्ताकाट रोकेको भएपनि त्यसबेला पनि सयौं विघा जग्गा सेटिङको आधारमा किनबेच भएको भन्दै मालपोत र नापी कार्यालयबाट फाईल मगाई अनुसन्धानका लागि माग गरेका छन् ।

‘कित्ताकाट रोकिएको अवधिमा भू–माफिया र दलालमार्फत सयौं विघा प्लटिङ जमिन कित्ताकाट भएको छ र किनबेच भएको छ भन्ने कुरा सञ्चार माध्यममा आएको छ । कित्ताकाट र किनबेच प्रक्रियाकामा संस्थागत भ्रष्टाचार भएको पनि बाहिर आएको छ । सम्बन्धित कार्यलयले छानविन गरी मालपोत कार्यालय र नापी कार्यलयमार्फत रेकर्ड मगाई दोषीलाई कारबाही गर्नका निम्ती आग्रह गर्दछु,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्