Logo

कुनै पनि मूल्यमा विकृतिको डुंगुर भत्काइ छाड्ने प्रधानमन्त्री प्रचण्डको संकल्प



काठमाडौं, १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेको बताएका छन् । आज (बुधबार) वर्तमान सरकार गठन भएको छ महिनाको अवधिमा भएगरेका कार्यहरूका बारेमा प्रतिनिधिसभामा गरेको सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले वर्षौंदेखिको विकृतिको डुंगुर सफा गर्ने कार्यमा सरकार लागेको बताएका छन् । ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेका छन्,’– प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारवाही सुरु भइसकेको पनि उनले बताएका छन् । वर्षौंदेखिको विकृतिको डुंगुर सफा गर्ने सुशासनको लडाईमा आफूलाई संसद र जनताको अझ धेरै समर्थन चाहिएकोउनले बताएका छन् । बेथितिको दुष्चक्र नभत्काएसम्म देश र लोकतन्त्र अगाडि बढ्न नसक्ने उनको दाबी छ । । कुनै पनि मूल्यमा विकृतिको डुंगुर भत्काइ छाड्ने उनले संकल्प व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्