Logo

आर्थिक वर्ष २०८०/०८१ बजेट बहुमतले पारित



काठमाडौं, १३ असार । आर्थिक वर्ष २०८०/०८१ बजेट बहुमतले पारित भएको छ । आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा एमालेले मत विभाजनको माग गरेपछि मतदान भएको थियो । आजको संसद् बैठकमा उपस्थिति संख्या दुई सय ५५ रहेको थियो । बजेटको पक्षमा पक्षमा एक सय ४७ मत परेको थियो भने विपक्षमा एक सय आठ मत परेको थियो ।

एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी लगायतले विपक्षमा मतदान गरेका थिए । नेपालको संसदीय इतिहासमा विनियोजन विधेयकमाथि मतदान भएको यो नै पहिलो हो ।



प्रतिक्रिया दिनुहोस्