Logo

बजेट कल्पना पनि गर्न नसकिने अनुमानमा आधारित छः रास्वपा सांसद परियार



काठमाडौं, १३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य सन्तोष परियारले बजेटको सैदान्तिक पक्षले संविधानको भावना र मर्मलाई समेट्न नसकेको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०, ०८१ को विनियोजन विधेयक पारित भएपश्चत सैदान्तिक छलफलमा भाग लिँदै उनले विनियोजन विधेयकले व्यवहारिक पक्षलाई समेट्न नसकेको बताएका हुन् । उनले अहिलेको बजेट केवल अनुमानमा मात्रै आधारित रहेको र अनुमान पनि कल्पना पनि गर्न नसक्ने खाल्को भएको टिप्पणी गरेका छन् ।

‘आर्थिक विधेकले अर्थतन्त्रकोमात्रै कुरा गर्दैन, हाम्रो शिक्षाको गुणस्तर, हाम्रो स्वास्थ्य जीवनको गुणस्तर यी सारा कुराहरु गर्नुपर्छ । त्यो समेटिएको छैन । सधैझैं यो अनुमानमात्रै छ । अनुमान पनि हामीले कल्पना गर्न नसक्ने अनुमान छ, त्यसको कुनै व्यवहारिक पक्ष छैन । खर्च कसरी हुन्छ ? जनताको जीवन परिवर्तन गर्ने गरी यसलाई कसरी चलाईन्छ भन्ने कुरामा यसले सम्बोधन गरेको छैन,’– उनले भने । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्