Logo

राजनीतिमा नयाँ प्रयोगः विप्लव नेतृत्वको नेकपाले एक सय विघाभन्दा बढी जमिनमा कृषि खेती गर्दै



काठमाडौं, १४ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले आफ्नो पार्टीको नेतृत्वमा उत्पादनको अभियान सञ्चालन हुन लागेको बताएका छन् । आगामी असार १५ गते धान दिवसको दिन उद्घाटन गरेर केन्द्रले ४० विघा र व्युरो, जिल्ला र जनवर्गीय संगठनले ६० विघा गरी कूल एक सय रोपनीभन्दा बढी जमिनमा उत्पादनको अभियान सुरु गर्न लागेको उनले बताएका हुन् ।

‘उत्पादनका लागि पहिलो पटक उत्पादनमा महासचिवदेखि कार्यकर्ता र जनवर्गीय संगठनहरु उत्पादनमा अभियानात्मक ढंगले सहभागी हुने निर्णय गरेका छौं । सो निर्णयअनुसार यही असार १५ गते हामी केन्द्र र जिल्लाको उत्पादनहरुको उद्घाटन गर्दै छौं । केन्द्रले बर्दिया, चितवन, सुनसरी, सिन्धुली, सल्यान लगायतका जिल्लाहरुमा ४० विघाभन्दा बढीमा उत्पादन गर्दै छ,’– उनले भने ।

पार्टीले आत्मनिर्भर उत्पादन र आत्मनिर्भर नीतिलाई अगाडि सारेको उनले बताए । व्युरो, जिल्ला, जनवर्गीय संगठन, राष्ट्रिय मुक्ति मोर्चा, जातीय मुक्ति मोर्चा सबै यो अभियानमा सहभागी भइरहेकोसमेत बताए । यो नेपालको राजनीतिक आन्दोलनको पहिलो प्रयोग भएको र निकै प्रभावकारी हुने उनले बताए । यस अभियानको उद्घाटन असार १५ गते हुने उनको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्