Logo

सरकार टिकाइदिन विपक्षीसँग कोशीका मुख्यमन्त्री कार्कीको याचना (पत्रसहित)



काठमाडौं,१४ असार । अल्पमतमा रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो सरकारलाई विश्वासको मत दिन विपक्षी दलसँग लिखित अनुरोध गरेका छन् ।

सत्ता साझेदार दलहरु माओवाी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका कार्कीले आज दिउँसो १ बजे बस्ने प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।

प्रदेशको समिकरण कुनैपनि दल अनुकुल नरहेको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेशलाई अस्थिरतातर्फ धकेल्नबाट जोगाउन सबै दलसँग मत मागेका हुन् ।
सभामुखवाहेक सत्तापक्ष र प्रतिपक्षका ४६-४६ सांसद रहेको कारण कोशी प्रदेशमा कुनैपनि दललाई अहिलेकै अवस्थामा सरकार बनाउन र टिकाउन सहज देखिदैन ।



प्रतिक्रिया दिनुहोस्