काठमाडौं, १४ असार । सरकारले देशका ७ ठूला अस्पतालमा गरिब तथा विपन्नहरूका लागि शैय्या शुल्क नि:शुल्क गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, विपन्न, असहाय र बेवारिसे विरामीका लागि देशका ७ ठूला अस्पतालमा लाग्ने शैय्या शुल्क नि:शुल्क गरेको हो।
यस अगाडि ती अस्पतालहरूमा प्रतिदिन २ सय रुपैयाँका दरले शय्या शुल्क तिर्नुपर्ने व्यवस्था रहेको थियो।
यी हुन् ती अस्पताल र नि: शुल्क उपलब्ध हुने शय्या संख्या
-वीर अस्पताल : ७ सय शय्या
-कोशी अस्पताल : ३ सय ३०
-परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल : ४ सय ५०
-कान्ति बाल अस्पताल : २ सय ४८
-राष्ट्रिय ट्रमा सेन्टर : १ सय ५०
-शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र : ९०
-शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल : ६० शय्या