काठमाडौं,१४ असार । जसपाले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिने कार्यमा सहभागी नहुने भएको छ ।
जसपा कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले बिहीबार एक विज्ञप्ति जारी गर्दै विश्वासको मत दिने कार्यमा सहभागी नहुने बताएका हुन् । जसपाको संसदमा एक सीट छ ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । यहाँ एमालेको ४०, कांग्रेसको २९, माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसद छन् ।