Logo

नेकपा एसका सचिव राई भन्छन् : सपनामा पनि एमाले नेताकै रुपमा भाषण गर्छु



काठमाडौं,१४ असार । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिचव एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले अझैपनि आफुले एमाले नेताकै रुपमा राजनीतिक गतिविधि अगाडी बढाएको सपना देख्ने बताएका छन् ।

कोशी प्रदेशको बिहीबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै आफ्नो धारणा राख्नेक्रममा राईले एमालेले निरन्तररुपमा पेल्ने काम गरेपछि बाध्य भएर पार्टी छोडेको जिकिर गरेका छन् ।

‘हामीलाई त विश्वासको मतको समर्थन होइन, घ्वाप्पै पार्टी मिलाउन मन लागेको छ । त्यो पार्टी हामीलाई छाड्न मन लागेकै थिएन । सपनामा पनि एमालेकै नाममा भाषण गरेको देखिन्छ । त्यही पार्टीकै झण्डा उठाएर ढुंगामुढा गरेको देखिन्छ । त्यो पार्टी छाड्न त हामीलाई मन नै थिएन । बरू बेहुलीले घर छाड्दा अहिले रूने चिच्याउने, चित्त दुखाउने गर्दैनन् । तर, त्यो पार्टी हामीलाई छाड्न मनै थिएन ।

हामीलाई त निकालेर, खेदेर, पिना बनाएर, पिना पनि पेलेर तेल निकाल्न खोजको हो । अहिले पनि यो सरकार आइसकेपछि कानूनबमोजिम भएका हाम्रा नियुक्ति धमाधम हटाइए । अदालतले फिर्ता बोलायो । यहाँ त चारजना छौं, यसो लुसुलुसु लागेर हिँड्दा पनि छाटो छेकेर गमक्क परेर बाटो छेकुँलाजस्तो व्यवहार छ ’। उनले भने ।



प्रतिक्रिया दिनुहोस्