काठमाडौं, १४ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कांग्रेससँग कुनै कुरा नभएको बताएका छन्। भरतपुर विमानस्थलमा बिहीबार पत्रकारसँग कुराकानी गर्दै उनले सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुरा नभएको बताएका हुन्।
उनले भने, ‘कांग्रेससँग मैले प्रस्ताव गरेको छैन, कांग्रेसले पनि मलाई प्रस्ताव गरेको छैन। तपाईं (पत्रकार)मार्फत जानकारी पाइरहेका छौँ।’ पार्टीका दोस्रो तहका नेतामार्फत कुराकानी गरिएको भन्ने विषय आफूलाई जानकारी नभएको बताए।
यस्तै, उनले पशुपतिनाथ मन्दिरको जलहरीको सुन आफ्नो विषय नभएको बताए। उनले भने, ‘आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको हो।’