Logo

एसीसी यू-१६ इस्ट जोन कप: नेपालले दियो मलेसियालाई १८४ रनको लक्ष्य



काठमाडौँ,१५ असार । नेपालले एसीसी यू-१६ इस्ट जोन कपमा मलेसियालाई १८४ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियामा भइरहेको प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३३.३ ओभरमा अलआउट हुँदै १८३ रन बनाएको छ ।

नेपालका लागी अशोक धामीले ५२ रनको अर्धशतकिय पारी खेले । त्यस्तै सूंर्यसु कोइराला र नरेन भट्टले २९-२९ रनको योगदान दिएका छन् ।

अहिले नेपालले दिएको १८४ रनको लक्ष्य पछयाएर मलेसिया जवाफी ब्याटिङमा उत्रँदैछ ।

नेपाल र मलेसिया यसअघिनै सेमिफाइनलमा पुगिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्