काठमाडौं,१५ असार । कोशी प्रदेशसभाको बैठक आज बस्दैछ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मत सम्बन्धिको प्रस्तावमा मतदान गर्न बैठक बस्न लागेको हो । बैठक प्रदेश सभाको हल विराटनगरमा विहान ११ बजे बस्नेछ ।
बिहीबार बसेको बैठकमा आफूले विश्वासको मत नपाउने निश्चित भएपछि प्रदेशसभाहलबाट बाहिरिएका मुख्यमन्त्री र केही मन्त्रीहरू बैठकमा नफर्किएपछि हिजो अबेर बैठक स्थगित गर्ने निर्णय भएको थियो।
बिहीबारको बैठकमा मुख्यमन्त्री कार्कीले पेस गरेको प्रस्तावमाथि छलफल क्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीले विश्वासको मत नदिने बताएका थिए। यिनै दलहरूसँगको गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) भने तटस्थ बसेको थियो ।
आज कुनै नाटकिय चमत्कार नभए एमाले नेतृत्वको कोशी प्रदेश सरकार पनि
ढल्ने निश्चित रहेको छ ।