काठमाडौं, १५ असार । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचारको संरक्षकको रुपमा कांग्रेसलाई जनताले चिनेको बताएका छन्।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई भ्रष्टाचारको संरक्षकको रुपमा जनताले चिनेको बताएका हुन्।
उनले भने, ‘लाज नमानी भन्नुपर्दा अहिले हामीलाई यथास्थितिको प्रतिनिधिको रुपमा जनताले चिनेका छन्। भ्रष्टाचारको संरक्षकको रुपमा जनताले चिनेका छन्। विकृति र मनपरीतन्त्रको संवाहकका रुपमा हामीलाई चिनेका छन्।’