Logo

नयाँ सरकार गठनबारे अर्थमन्त्री भन्छन् : सबै अफवाह हो



काठमाडौं, १६ असार । एमालेसँग मिलेर कांग्रेसले नयाँ सरकार गठनबारे आइरहेका खबरहरूलाई अर्थमन्त्री डा प्रकाशशरण महतले अफवाह भएको बताएका छन्।

शनिबार नेपाल प्रेस युनियनले पोखरमा गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले एमालेसँग मिलेर कांग्रेसले नयाँ सरकार गठनको बारेमा आएका खबरहरू सबै अफवाह भएको बताएका छन्।

उनले भने,‘यो सबै अफवाह हो, भ्रम हो। संसद्‌मा सबै दलका नेताहरूसँग भेट भइरहेको हुन्छ। यसकै आधारमा हल्ला गर्नु हुँदैन। गठबन्धनले लक्ष्यसहित काम गरिरहेको छ। देश र जनतालाई केन्द्रमा राखेर गठबन्धनले काम गरिरहेको छ। यो अफवाहको कुनै अर्थ छैन।’



प्रतिक्रिया दिनुहोस्